काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इस्युअर रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।

केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको मूल्याङ्कनलाई केयर–एनपी बीबीबीप्लसबाट स्तरोन्नति गर्दै ‘केयर–एनपी ए–’ प्रदान गरेको हो।
यो स्तरोन्नति कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन, सुशासनप्रतिको प्रतिबद्धता तथा बीमित एवं सरोकारवालाप्रति निरन्तर विश्वास कायम गर्न सफल भएको प्रमाणका रूपमा लिइएको छ। ‘केयर–एनपी ए–’ मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको तथा अघिल्लो मूल्याङ्कनको तुलनामा अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ।
कम्पनी व्यवस्थापनले उक्त स्तरोन्नति सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।
आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड नेपालका अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो। कम्पनीले जीवन बीमामार्फत व्यक्तिहरू तथा परिवारहरूको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विविध जीवन बीमा योजनाहरू प्रदान गर्दै आएको छ।
देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जीवन बीमाको पहुँचलाई देशका विभिन्न समुदायसम्म पु¥याउँदै आएको छ। ग्राहक केन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीनतम बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।
व्यावसायिक गतिविधिसँगै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।














