Logo
Logo

आजको मुख्य २० समाचारः गृहमा सुधनको कमब्याकदेखि संसदमा प्रतिपक्षी अडानसम्म


252
Shares

१. प्रधानमन्त्री बालेनले गरे मन्त्रिपरिषद् विस्तार, गृह मन्त्रालयमा सुधन गुरुङको पुनरागमन,  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुनलाई दिइयो । 

२. रास्वपा सभापति रवि लामिछानेविरुद्ध सानो पाइला सहकारी प्रकरणमा सङ्गठित अपराधको आरोप खारेज, आरोपित र पीडित पक्षबीच मिलापत्रमार्फत मुद्दा फिर्ताको बाटो खुल्यो । 

३. कार्यसूचीमै प्रवेश नगरी आज पनि प्रतिनिधिसभा बैठक स्थगित, सीमा विवादसम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेनले सदनमा जवाफ दिनुपर्ने विपक्षीको अडान कायमै ।  

४. कांग्रेस सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा मौन धारण गराएकोप्रति सभामुख डिपि अर्यालको आपत्ति, आफैँ समय तोकेर मौन धारण गर्नु प्रतिपक्षी बेन्चबाट सभाको अपमान भएको भनाइ । 

५. विद्युत् महसुल बक्यौता ५० अर्ब एक करोड उठाउन तत्काल उठाउन ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निर्देशन, केटेड–ट्रंक लाइनदेखि इन्टरनेट सेवा प्रदायकसम्मको रकम उठाउन प्राधिकरणलाई निर्देशन ।

६. लोडसेडिङ समयमा विशेष सुविधा लिएर उद्योग चलाउनेले बक्यौता तिर्नुपर्ने कुलमान घिसिङको अडान, डेडिकेटेड–ट्रङ्क लाइनको प्रिमियम महसुल कानुनबमोजिम असुल गर्न सरकारसँग माग ।

७. संसद्मा दर्ता विधेयकका १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले फेरबदल गरेको आरोपमा अर्थमन्त्रीको राजिनामा माग, नैतिकता र निष्पक्षताका आधारमा जिम्मेवारीबाट अलग रहनुपर्ने राप्रपा प्रमुख सचेतक खुश्बु ओलीको भनाइ ।

८. सीमासम्बन्धी विषयमा नबोले इतिहासले माफी नदिने एमाले सांसद क्षितिज थेबको भनाइ, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै सांसदलाई बोल्न आग्रह । 

९.विद्यार्थीको जफत मोबाइल पानीमा हालेर नष्ट गर्नु कानुनविपरीत भएको शिक्षामन्त्री सस्मित पोखरेलको भनाइ, क्षतिपूर्तिसहित आवश्यक कदम चाल्न प्रदेश मन्त्रालयलाई निर्देशन ।

१०. रास्वपाको मधेस प्रदेश अधिवेशनका सबै गतिविधि अर्को सूचना नभएसम्म स्थगित, निर्वाचन प्रक्रिया, प्रतिनिधि छनोट र प्रचारप्रसारसमेत रोकियो ।

११. जेनजी आन्दोलनका क्रममा तोडफोड आरोपमा पक्राउ परेकाका अभिभावक पुगे रास्वपा कार्यालय, जेनजी आन्दोलनकै जगमा रास्वपा सरकारमा पुगेकाले न्याय दिनुपर्ने माग ।

१२. पर्यटक भिसामा युएई जाने यात्रुको राहदानीमा गैरकानुनी सर्त लेख्ने अधिकृत टोपबहादुर खत्री र विमल पौडेल हटाइए, विमानस्थल जिम्मेवारी खोस्दै उपत्यका बाहिर सरुवा । 

१३. नेपाल रेडक्रस सोसाइटीमा विशाल कुमार भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन, मन्त्रिपरिषद्बाट निजामती सेवा नियमावली (१६औँ संशोधन) २०८३ स्वीकृत । 

१४. विदेशमा अध्ययनका लागी तोकिएको भन्दा ५ प्रतिशत बढी विदेशी मुद्रा राख्न सकिने, डिजिटल हस्ताक्षरद्वारा प्रमाणित गरिएका विद्युतीय कागजातलाई समेत मान्यता दिने नयाँ व्यवस्था लागू ।

१५. रोशी खोलाको बहाव बढेपछि बीपी राजमार्गमा सवारी आवागमन रोक, धुलिखेल–खुर्कोट–नेपालथोकमा गाडी होल्ड, सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध ।

१६. झापादेखि काठमाडौं उपत्यकासम्म फैलियो बर्डफ्लु, बर्डफ्लु नियन्त्रण र संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा सरकार ‘द्रुत कार्य टोली’ परिचालन ।

१७. सवारी साधनमा मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्नेलाई कारबाही गर्ने यातायात विभागको चेतावनी, अत्यधिक उज्यालो हेडलाइट र चर्को हर्नले दुर्घटनाको जोखिम बढेको निष्कर्ष ।

१८.‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी, सुरुङ मार्ग भएर आवतजावत गर्ने गाडीसँग शुल्क उठाउन कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको जानकारी ।

१९. एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोजमा आयोजना हुने, प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेपको कभर्डहलमा सञ्चालन हुने ।

२०. र, इरान र इजरायलबीच आक्रमण रोक्ने सहमति, ट्रम्पको युद्धविराम आह्वानपछि युद्ध रोक्न सहमत भएपनि इरान र हिजबुल्लाहसँगको संघर्ष अझै समाप्त नभएको इजरायली प्रधानमन्त्रीको स्पष्टोक्ति ।

प्रतिक्रिया दिनुहोस्