Logo
Logo

उत्रियो सुशासनको मुकुन्डो ! (भिडियो)


1.1k
Shares

काठमाडौं ।  पुराना दलले देश लुटे, विधि मिचे भन्दै ‘नो नट अगेन’को नारा लगाएर सत्तामा पुगेको रास्वपाको सुशासनको मुकुन्डो पहिलो बजेटमै उत्रिएको छ । संसद्को सम्पत्ति बनिसकेको बजेट विधेयकमा करका दर फेरबदल गर्ने र पोल खुलेपछि ‘एउटा थोप्लो पनि चेन्ज भएको छैन’ भन्दै थर्काउने अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको यो कस्तो ‘नयाँ राजनीति’ हो रु एकातिर विधेयकमा केही थोप्लो र कमा पनि चेन्ज भएको छैन भन्ने, अर्कोतिर केही भन्सार दरहरू सामान्य परिवर्तन भएको स्वीकार गर्ने रु के यो केवल प्रविधि त्रुटि मात्रै हो कि नीतिगत भ्रष्टाचारको नयाँ रूप रु

जेनजी आन्दोलनको रापताप र राजनीतिक परिवर्तनको जगमा प्रतिनिधिसभामा झण्डै दुई तिहाइ बहुमतसहित सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यतिबेला गम्भीर नैतिक र कानुनी प्रश्नको घेरामा परेका छन् । आफूलाई हिजोका परम्परागत दलहरूभन्दा फरक र स्वच्छ छविको दाबी गर्दै पहिलो बजेट ल्याएको रास्वपाका अर्थमन्त्रीले संसद्मा दर्ता भइसकेको बजेटको आर्थिक विधेयकका पृष्ठहरू गुपचुप फेरबदल गरेको तथ्य सार्वजनिक भएपछि संसदीय राजनीति गर्माएको छ । यो गम्भीर आरोपले नयाँ राजनीतिक शक्तिमाथिको नागरिक भरोसामाथि नै ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ ।

यो सारा विवादको चुरो अर्थ मन्त्रालयले संसद् र आफ्नै वेबसाइटमा राखेको आधिकारिक दस्ताबेजको पृष्ठ सङ्ख्या नमिलेपछि सुरु भएको हो । गत जेठ १५ गते अर्थमन्त्री वाग्लेले संसद्मा पेस गरेको आर्थिक विधेयक ४ सय ६४ पृष्ठको थियो, तर मन्त्रालयले पछि आफ्नो वेबसाइटमा अपलोड गरेको सोही विधेयकमा कुल पृष्ठ सङ्ख्या ४ सय ४८ मात्र देखिएपछि विपक्षीहरूले यसलाई मुख्य राजनीतिक एजेन्डा बनाएका छन् । दस्ताबेजबाट एकाएक गायब पारिएका ती १६ पृष्ठका कारण कतिपय करका दर र राजस्वसम्बन्धी महत्त्वपूर्ण व्यवस्थाहरू नै बदलिएको प्रतिपक्षी दलहरूको दाबी छ । 

पुरा समाचार भिडियोमा

प्रतिक्रिया दिनुहोस्