Logo
Logo

सुधनले किन फाले ‘दरबार हत्याकाण्ड कार्ड’ ? (भिडियो)


756
Shares

The current image has no alternative text. The file name is: 2083-02-28-THE-VIEW-Durbar-Hatya-THUMBNAIL.jpg

काठमाडौं । जब सत्ताको कुर्सीमा संकट आउन थाल्छ, तब सिंहदरबारले नारायणहिटीको लास ब्युँताउने कसम खान्छ ! विगतका पुराना दलहरूले जे–जे गर्थे, अहिले बालेन नेतृत्वको सरकारले पनि त्यही फर्मुला दोहो¥याउन थालेको छ । दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्री सुधन गुरुङको अप्रत्याशित निर्णयले नेपाली राजनीतिमा तरङ्ग मात्र ल्याएको छैन, संशय र शङ्काका काला बादलहरू पनि मडारिदिएको छ । यतिबेला प्रश्नहरू बग्रेल्ती छ– के प्रधानमन्त्री बालेन फेरि राजतन्त्र ब्युँताउने मिसनमा छन् ? या, भोलिका दिनमा राजतन्त्र नै मुलुकको निर्विकल्प शक्ति बनेर आउला भन्ने डरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत अनुसन्धानमा तानेर ठेगान लगाउने चक्रव्यूह रचिँदै छ ? कि दरबार हत्याकाण्ड ताकाका गृहमन्त्री एवं वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासबाट निकाल्ने र त्यहाँ आफ्नै मान्छे भित्र्याउने दाउपेच हो यो रु आखिर के छ बालेन सरकारले चालेको यो अप्रत्याशित कदमको भित्री चुरो ? 

नेपालको इतिहासकै सबैभन्दा रहस्यमय, त्रासदीपूर्ण र आजसम्म अनुत्तरित घटनामध्ये एक हो– नारायणहिटी दरबार हत्याकाण्ड । वि.सं. २०५८ जेठ १९ गतेको त्यो रक्तपातपूर्ण रात, जसले तत्कालीन राजा वीरेन्द्रको सम्पूर्ण वंश नै विनाश ग¥यो । विगत २५ वर्षदेखि इतिहासको गर्भमा लुकेको यो अनुत्तरित हत्याकाण्ड पुनः एकपटक राष्ट्रिय बहसको केन्द्रमा आइपुगेको छ । आफ्नो सम्पत्तिको विषयमा प्रश्न उठेपछि डेढ महिनाअघि मात्रै राजीनामा दिएका गृहमन्त्री सुधन गुरूङले मन्त्रालयको बागडोर सम्हाल्न नपाउँदै एउटा अप्रत्याशित कार्ड फ्याँकेका छन्–  दरबार हत्याकाण्डको पुनः छानबिन गर्न फाइल अगाडि बढाउने । 

गृहमन्त्रीको यो निर्णयले राजनीतिक वृत्तमा भुइँचालो त ल्याएको छ, तर सँगै संशय र आशंकाको ठूलो आँधी पनि भित्र्याएको छ । आखिर के हो त यो फाइल खोल्नुको भित्री चुरो ? के यो २५ वर्षदेखि लुकाइएको घटनाको वास्तविक खोजी हो कि फगत सस्तो राजनीतिक फन्डा ? कतै यो दरबार हत्यकाण्डको कार्ड फालेर पुराना राजनीतिक शक्तिहरूलाई पत्तासाफ गर्ने गम्भीर खेल त होइन ? अथवा, कतै भित्रभित्रै राजतन्त्र ब्युँताउन चाहने बालेन शाह र नयाँ शक्तिको अदृश्य एजेन्डाको मतियार बन्ने दाउपेच त होइन ? या त आफ्नै अनुकूलको मान्छेलाई राष्ट्रपतिको कुर्सी सुम्पिने भित्री रणनीतिको एउटा गोटी मात्रै हो ? प्रश्नहरू अनेक छन्, र संशयको बादल निकै भारी छ ।

त्यसो त २०५८ जेठ १९ गतेको रात नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित राजपरिवारका १० जना सदस्यको ज्यान गएको थियो । नेपालको राजसंस्थाको इतिहासमै यो सबैभन्दा ठूलो पारिवारिक नरसंहार थियो । तत्कालीन सरकारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको नेतृत्वमा छानबिन समिति गठन ग¥यो । समितिले घटनाको दोषी युवराज दीपेन्द्रलाई ठहर गर्दै प्रतिवेदन सार्वजनिक ग¥यो । तर, प्रतिवेदन सार्वजनिक भएदेखि नै त्यसको विश्वसनीयतामाथि प्रश्न उठ्न थाले । त्यसयता दरबार हत्याकाण्ड नेपालको राजनीतिकमा अनुत्तरित प्रश्न बनेर रह्यो, जसको आधिकारिक उत्तर त छ, तर जनताले स्वीकारेको सत्य छैन । त्यसैले गृहमन्त्री सुधन गुरुङको निर्णयलाई सामान्य प्रशासनिक प्रक्रियाभन्दा पनि एउटा ठूलो राजनीतिक सङ्केत र सन्देशका रूपमा हेरिएको छ । 

बाँकी भिडियोमा

प्रतिक्रिया दिनुहोस्