Logo
Logo

अमेरिका-इरानबीच २४ घण्टाभित्र सम्झौता हुनसक्ने पाकिस्तानको दाबी 


315
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्व युद्ध अन्त्य गर्न ‘२४ घण्टाभित्र’ सम्झौता गर्न सक्ने प्रमुख मध्यस्थकर्ता पाकिस्तानले शनिवार जनाएको छ ।

The current image has no alternative text. The file name is: pak.jpg

यस क्षेत्र र विश्व अर्थतन्त्रलाई तहसनहस पारेको महिनौ लामो युद्धमा स्ट्रेट अफ हर्मुजमा नयाँ झडपका बाबजुद द्वन्द्वरत पक्ष र मध्यस्थकर्ताहरूले लामो समयदेखि प्रतीक्षा गरिएको सम्झौता अन्तिम चरणमा रहेको दाबी गरेका हुन् ।

अप्रिल ८ मा भएको युद्धविरामपछि शान्ति सम्झौताका लागि हप्तौँको वार्ता अहिलेसम्म सफल हुन सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म युद्धविराम लम्ब्याउन मात्र यो सम्झौता सहमतिको नजिक छ ।  

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले शनिवार एक्समा लेखेका छन्, ‘पहिलेभन्दा धेरै विषयमा सहमति जुटेको छ र स्थायी शान्तिका लागि सम्झौता गर्न हामी सफलता नजिक छौँ । अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक्षा गरिएको छ, पाकिस्तानले शान्ति सम्झौताको लागि तुरुन्तै इलेक्ट्रोनिक पत्रमा हस्ताक्षरको तयारी गरिरहेको छ र त्यसपछि अर्को हप्ता प्राविधिक स्तरको वार्ता हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्