Logo
Logo

शिक्षण अस्पतालमा स्वास्थ्य बिमाको ओपीडी सेवा पुनः सञ्चालन हुने


63
Shares

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन हुने भएको छ । अस्पताल प्रशासनले असार १५ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

The current image has no alternative text. The file name is: tu-teaching-school.jpg

अस्पतालले स्वास्थ्य बिमा सेवाका लागि टिकट वितरणको समय पनि तोकेको छ । जसअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २:३० बजेसम्म बिमा टिकट काउन्टरबाट टिकट वितरण गरिनेछ ।

शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोकेको थियो । शिक्षण अस्पतालले स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको सङ्ख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख गर्दै सेवा बन्द गरेको थियो । अस्पतालमा मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको थियो ।

त्यति बेला अस्पतालले ४० करोड बीम बापतको रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्