Logo
Logo

क्याम्पसबाट विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन


126
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग, क्याम्पसबाट विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशन दिएको छ ।विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार दलीय विद्यार्थी सङ्गठनको संरचना हटाउन निर्देशन दिएको हो । 

The current image has no alternative text. The file name is: TU-1.jpg

निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागहरूलाई लेखेको पत्रमा भनिएको छ- ‘प्रस्तुत विषयमा, विश्वविद्यालय अनुदान आयोगको पत्र संख्या २०८२/०८३ च.नं. २००३ मिति २०८३/०३/१० को प्राप्त पत्रमा संलग्न शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र संख्या २०८२/०८३ च.नं.५८९ मिति २०८३/०३/०९ को पत्रको तपसिलमा उल्लेखित बुँदा नं. (ख) मा “शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिन भित्र विद्यालय र विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी सङ्गठनका संरचना हटाई ९० दिन भित्र स्टुडेन्ट काउन्सिल रभ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्नेु भन्ने उल्लेख भई आएकोले सोही अनुसार गरी गराई यस निर्देशनालयमा यथासिघ्र छिटो जानकारी गराउन हुन निर्देशानुसार अनुरोध गर्दछु ।’

विश्वविद्यालयसम्बन्धी अध्यादेशमार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व रहेन व्यवस्था पनि निलम्बन गरिएको थियो । विद्यार्थी संगठनहरूले सरकारको उक्त निर्णयको प्रतिवाद गर्दै आएका छन् ।

सरकारको सय बुँदे कार्यसूचीमा ६० दिनभित्र विद्यार्थी सङ्गठनको संरचना हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिलरभ्वाइस अफ स्डुटेडेन्ट संयन्त्र विकास गर्ने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्