Logo
Logo

पाकिस्तानमा पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु


315
Shares

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको सैफुल्ला तालमा पर्यटक बोकेको डुङ्गा डुब्दा सात जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: pakistan.jpg

एउटै परिवारका आठ जना सदस्य बोकेको डुङ्गा स्वात जिल्लाको सुन्दर कलाम क्षेत्रमा पल्टिएर डुबानमा पर्दा दुर्घटना भएको जिल्ला प्रहरी अधिकारीलाई उद्धृत गर्दै मिडियाले जनाएका छन् । 

सात जना पीडितको शव बरामद गरिएको उद्धार टोली, प्रहरी अधिकारी र स्थानीय स्वयंसेवकहरूले बेपत्ता व्यक्तिको खोजी जारी राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्