Logo
Logo

भेटिएन कर्णालीमा खसेको गाडी


252
Shares

काठमाडौं । दैलेखमा बिहीबार गाडी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा कालीकोटको पचालझरना गाउँपालिका-९ का ३५ वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको हो । भीरमा अचेत अवस्थामा फेला परेका उनलाई दैलेखको दुल्लू अस्पतालले मृत घोषणा गरेको हो ।

The current image has no alternative text. The file name is: karnali.jpg

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोलीले गाडीको खोजीकार्य जारी रहेको जनाएको हो ।

पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न कठिनाइ भएको हो । प्रहरीका अनुसार सुर्खेत बसपार्कबाट बिहान छुट्दा गाडीमा पाँच जना रहेको भनिए पनि सङ्ख्या यकिन भएको छैन । 

प्रहरीले गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्