Logo
Logo

ड्रोन उडाएको आरोपमा चीनको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा


378
Shares

सिन्धुपाल्चोक  । नेपाल-चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा भएका छन् ।

The current image has no alternative text. The file name is: lapchi-chetra.jpg

चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई शुक्रवार तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट (बीओपी) तातोपानीका प्रहरी निरीक्षक लिलाराम फुन्जेलसहित अन्य प्रशासन प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएका हुन् ।

तिमल्सिनाका अनुसार चिनियाँ पक्षले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको हो ।  नेपाली पक्षले औपचारिक पत्राचारमार्फत रिहाइको अनुरोध गरेपछि चिनियाँ पक्षले सोधपुछ र कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गरेको हो ।  ुड्रोनमार्फत चिनियाँ भूभागका गतिविधि कसैको निर्देशनमा खिचिएको हो कि भन्ने चिनियाँ पक्षको आशङ्का गरेको हो । त्यसबारे आवश्यक समन्वय र पत्राचार गरेपछि उनीहरूलाई छाडिएको तिमल्सिनाले बताएका छन् । 

काठमाडौंका मनोज प्रजापति र भक्तपुरका १७ वर्षीय सुदीप थापा मगर लप्ची घुम्न गएका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए । ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई नियन्त्रणपछि चीनको न्यालम काउन्टीमा राखिएको थियो । उनीहरूको अवस्था सामान्य रहेको तिमल्सिनाले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्