काठमाडौं । अमेरिकाले आज स्वतन्त्रताको २५० वर्ष मनाउँदै छ । फिलाडेल्फिया, न्यूयोर्क र वासिङ्टन डीसीलगायत सबै ५० राज्यहरूमा परेड, ऐतिहासिक कार्यक्रम र सङ्गीत कन्सर्टहरू आयोजना भइरहेका छन् ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयपछि राष्ट्रलाई सम्बोधन गर्ने छन्, त्यसपछि राजधानी वासिङ्टन डीसीमा इतिहासकै सबैभन्दा ठूलो आतिशबाजी प्रदर्शन गरिनेछ ।
तीव्र गर्मी र खराब मौसमको चुनौतीका बाबजुद पनि ठूलो सङ्ख्यामा मानिसहरू उत्सवमा सहभागी भइरहेका छन् । फिलाडेल्फियामा दिउँसो १२ बजे घण्टी बजाइएको थियो। स्वतन्त्रता युद्धका दृश्यहरू इन्डिपेन्डेन्स मलमा प्रक्षेपण गरिएको थियो ।
जुलाई ४, १७७६ मा उत्तर अमेरिकाका १३ ब्रिटिश उपनिवेशहरूले स्वतन्त्रताको घोषणासँगै बेलायतबाट अलग हुने निर्णय गरे। संयुक्त राज्य अमेरिकाले यस उत्सवलाई ‘अमेरिका २५०’ नाम दिएको छ ।














