Logo
Logo

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच के कुराकानी भयो ?


189
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच शिष्टाचार भेटवार्ता भएको छ ।  नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्दाबीच मंगलबार भेटवार्ता भएको हो । शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: balen-adb-adakshya.jpg

आधा घण्टा चलेको शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेको ​प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताएकी छन् । 

​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा शाह र कान्दाबीच छलफल भएको जनाइएको छ । 

​भेटका क्रममा कान्दाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने उनको भनाइ छ । कान्दाले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैँ साथ रहने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्