Logo
Logo

अनुशासन भङ्ग गर्ने सशस्त्रका जुनसुकै दर्जाका कर्मचारीहरूलाई कारबाही हुन्छ : महानिरीक्षक पौडेल


252
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शितालाई कडाईका साथ पालना गर्ने नीति लिएको छ । सङ्गठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सङ्गठनको मर्म र आर्थिक अनुशासन विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्मम ढङ्गले कारबाही गरिने तथा कानुन बमोजिम सजायको भागिदार हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हालै नेपाल एपीएफ स्कुल कीर्तिपुरमा भएको आर्थिक अनिमियताबारे प्रधान कार्यालयले कडा रूपमा प्रस्तुत भएको हो । सो अनिमियताबारे नेपाल एपीएफ स्कुल कीर्तिपुरबाट सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी कोष आउनु पर्ने रकम नआएको थाहा पाएपछि प्रधान कार्यालयले तत्कालै आर्थिक अनियमितता गर्ने कर्मचारीमाथि छानबिन सुरु गरेको थियो ।

प्रधान कार्यालयले उक्त छानबिन प्रकरणमा आर्थिक अनियमितता भएको आशङ्का भएपछि सो अनियमितताबारे थप अनुसन्धान लागि नेपाल प्रहरीलाई अनुरोध गरेको हो । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा  सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङलाई समेत  वैशाख २० गते बाट लागु हुने गरी पहिलो पटक दिन ७ (सात) को म्याद  थप भई अनुसन्धान गर्ने कार्य भइरहेको छ । 

नेपाल एपीएफ स्कुलको यस विषयमा सूचना प्राप्त तथा आशङ्का हुनासाथ सशस्त्र प्रहरी बल नेपालकै सक्रियता र पहलतामा उक्त छानबिन अनुसन्धान प्रक्रिया अगाडी बढाइएको थियो । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले  सङ्गठन भित्रको आर्थिक अनुशासन पारदर्शिता कायम गर्न शून्य सहनशीलताको नीति समेत अवलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्