Logo
Logo

होर्मुजमा फेरि तनावः इरानमाथि अमेरिकाको ‘भीषण’ हमला


63
Shares

काठमाडौं । अमेरिकाले इरानविरुद्ध ‘भीषण’ हवाई आक्रमण गरेको छ । हर्मुज स्ट्रेटमा तीन व्यावसायिक जहाजमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको हो ।

अमेरिकी आक्रमणबाट धेरै व्यक्ति घाइते भएको खबर आएको तर अहिलेसम्म मृत्युको रिपोर्ट प्राप्त नभएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक भएका व्यावसायिक जहाजलाई निसाना बनाउनबाट रोक्न यो कारबाही सुरु गरिएको जनाएको छ । सेन्टकमले भनेको छ, ‘हाम्रो हमला इरानले गरेको आक्रमणको प्रतिक्रियामा हो ।’

अमेरिकाले इरानका ८० भन्दा बढी लक्ष्यहरूमा सटिक हतियार प्रहार गरेको छ । जसमा हवाई रक्षा प्रणाली, कमान्ड एन्ड कन्ट्रोल नेटवर्क, तटीय राडार, एन्टी–सिप क्षेप्यास्त्र प्रणाली र ६० भन्दा बढी आईआरजीसीका साना डुङ्गाहरू सामेल छन् ।

इरानी सरकारी मिडियाका अनुसार दक्षिणी इरानका केश्म टापु, बन्दर अब्बास, खार्ग टापु र सिरिक बन्दरगाह जस्ता रणनीतिक स्थानहरूमा विस्फोट भएका छन् ।

यसैबिच इरानका उपविदेशमन्त्री काजिम घरिबाबादीले आक्रमणलाई गत महिना अमेरिका–इरानबिच भएको शान्ति सम्झौताको उल्लंघन भनेका छन् । उनले चेतावनी दिँदै अगाडि भनेका छन्, ‘यसविरुद्ध इरानले पनि निर्णायक कारबाही गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्