Logo
Logo

व्यवसायीलाई हतोत्साही बनाउन धरपकड गरेको होइन् : प्रधानमन्त्री बालेन


63
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड नगरेको बताएका छन् ।  

The current image has no alternative text. The file name is: balen-5.jpg

निजी क्षेत्रसँगको बुधवारको छलफलमा प्रधानमन्त्री बालेनले सरकारको नीति उद्योगीलाई धरपकड गर्ने नरहेको पनि बताए । उनले भने, ‘सरकारको नीति उद्योगी व्यवसायीलाई धरपकड गर्ने होइन । तर अपराध नै भएको भए त अनुसन्धानको दायरामा ल्याउनै पर्‍यो ।’

सरकार निजी क्षेत्रलाई हतोत्साहित गर्ने मनस्थितिमा कहिल्यै नरहेको बालेको भनाइ छ । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री बालेनले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।  

प्रतिक्रिया दिनुहोस्