Logo
Logo

राष्ट्रिय सभाको बैठक बस्दै


126
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १२:१५ बजेदेखि सुरु हुँदै छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तिस्रो संशोधन विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

The current image has no alternative text. The file name is: rastiyasabha-2.gif

त्यस्तै आज व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आर्थिक विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्