Logo
Logo

इरानीहरू खतरनाक हुन्, हिटलिस्टुको शीर्ष स्थानमा मेरो नाम छ : ट्रम्प


126
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जीवन हर क्षण खतरा रहेको बताएका छन् । एयर फोर्स वानमा यात्रा गरिरहेका बेला पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले आफ्नो नाम इरानीहरूको ‘हिटलिस्ट’को शीर्ष स्थानमा रहेको दाबी गरे ।

The current image has no alternative text. The file name is: trump.jpg

उडानका क्रममा पत्रकारहरूलाई झ्यालको पर्दा बन्द राख्न निर्देशन दिइएको थियो।यो विषयमा सोध्दा ट्रम्पले भने, “यो खतरनाक उडान हुन सक्छ । इरानीहरू खतरनाक मानिस हुन् । म सधैँ खतरा झेलिरहेको छु । मेरो नाम उनीहरूको सूचीको शीर्षमा छ ।”ट्रम्पले पत्रकारहरूलाई ठट्टा गर्दै भने, “यदि मलाई केही भयो भने तपाईँहरूलाई पनि हुन्छ । सायद कुनै दिन तपाईँहरूले पेसा बदल्नुपर्ने हुन सक्छ ।”

यसैबीच, अमेरिकाले शान्ति सम्झौतापछि इरानमा दोस्रोपटक हवाई हमला गरेको छ । ट्रम्पको भनाइपछि बुधबार राति अमेरिकी सेनाले इरानका विभिन्न ठाउँमा हवाई आक्रमण गरेको हो । कोनारक, चाबहारलगायतका सहरमा आक्रमण भएको छ ।इरानी समाचार एजेन्सी आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानको इरानशहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ ।

सिस्तान र बलुचिस्तान प्रान्तका उपगभर्नर तथा इरानशहरका गभर्नरले स्थानीय समयअनुसार राति १२:३० बजेतिर सहरमा चारवटा ठूला विस्फोट भएको बताएका छन् । चाबहार फ्री जोनका प्रमुखले अमेरिकी आक्रमणपछि गोदामबाट सवारीसाधन हटाउने काम भइरहेको जानकारी दिएका छन् । 

यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले होर्मुज स्ट्रेटमा जहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्