काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा बस्न लागेको हो । गत १० असारमा सम्पन्न सचिवालय बैठकले पार्टी पुनर्गठनबारे पार्टी कार्यकर्ताहरूबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो।
निर्णय बमोजिम राजधानी विशेष सहित आठै प्रदेश, जनसङ्गठन, विभाग, प्रवास कमिटी, सल्लाहकारहरूको सुझाव संकलन भएको छ । उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले अब सङ्कलित सुझावलाई प्रतिवेदन तयार पार्नेबारे आज छलफल हुनेछ ।














