Logo
Logo

घान्द्रुकमा पहिरोले तीनवटा होटल पुरिए


126
Shares

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, घान्द्रुकको वनठाँटीमा पहिरोले तीनवटा होटल पुरिएका छन् । पहिरोमा मानवीय क्षति भने भएको छैन ।

The current image has no alternative text. The file name is: pokhara.jpg

वर्षाका कारण राति सवा ९ बजेतिर आएको पहिरोले त्यहाँ रहेका होलट सनराइज, होटल शङ्कर र गुरुङ होटलमा क्षति भएको हो ।

सनराइज होटलको ७५ प्रतिशत, शंकरको ३५ र गुरुङ होटलमा चाहिँ सामान्य क्षति पुगेको अन्नपूर्ण गाउँपालिका-११ का वडा सदस्य जगनबहादुर गुरुङले जानकारी दिए । भिरमुन्तिर र वनठाँटी खोलाको किनारमा ४ वटा होटल छन् ।

प्रसिद्ध अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने वनठाँटी म्याग्दीको पुनहिलबाट कास्कीको घान्द्रकु आउने, घान्द्रुकबाट घोडेपानी जाने बाटोमा पर्छ । भिरको काखमा रहेको यो ठाउँमा पर्यटक हम्मेसी बास बस्दैनन् ।

यो पदयात्रा गर्नेहरूले खाना खाने ठाउँका रूपमा प्रख्यात छ । वनठाँटीका स्थानीय राजमान गुरुङका अनुसार वर्षापछिको पहिरोले सो क्षेत्रको बाटो पनि बिगारेको छ ।

प्रतिक्रिया दिनुहोस्