काठमाडौं । प्रतिनिधिसभामा विपक्षीहरू दलहरूको अवरोध आज पनि कायमै रहेको छ । बिहीबार सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बितिक्कै विपक्षी दलहरूले बैठकमा आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिमा संसद्मै आए माफी माग्नु पर्ने माग गर्दै आएका छन् ।














