Logo
Logo

आत्मदाह प्रयास गर्ने युवक पठाओ चालक, प्रहरीले लगाएको थियो बाइकमा ‘ह्वील लक’


441
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ । उनी मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय गणेश नेपाली रहेका छन् । प्रहरीका अनुसार उनी पेसाले पठाओ (राइड सेयरिङ) चालक हुन् ।

राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले निषेधित क्षेत्रमा जथाभावी पार्किङ गरेको भनेर मोटरसाइकलमा ह्वील लक लगाइदिपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए । वीर अस्पतालमा उपचाररत उनको शरीर ६५ प्रतिशत जलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्