Logo
Logo

धोबीखोलामा हाम फालेकी महिला बल्खुमा मृत भेटिइन्


63
Shares

काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा भेटिएकी छिन् ।

आज दिउँसो कालोपुल र रातोपुलबीचको धोबीखोलामा अन्दाजी ३५ वर्ष जतिकी महिला हाम फालेकी थिइन् । महिला हाम फालेको सूचना पाउनेवितित्कै प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

खोजी गर्नेक्रममा ती महिला बल्खु कुमारी क्लबभन्दा तल खोलामा मृत अवस्थामा भेटिएकी हुन् । यद्यपि उनको परिचय भने खुलिसकेको छैन । के कारणले उनले खोलामा हाम फालिन् भन्ने पनि खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्