Logo
Logo

जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार


63
Shares

काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं. २ राङ्सीमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । राङ्सीस्थित एक अस्थायी टहरामाथि ढिस्को खसेर पुरिँदा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै मृत्यु भएको हो ।

The current image has no alternative text. The file name is: sukka-pahiro.gif

भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट उक्त टिनको अस्थायी टहरा निर्माण गरिएको थियो । पहिरोमा परी मृतककी छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका थिए । उनीहरूलाई स्थानीय बासिन्दाले उद्धार गरेका छन् ।

प्रहरी चौकी पाँचकटियाबाट प्रहरी सहायक निरीक्षक प्रेम केसीको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राख्ने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्