काठमाडौं । विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधन दुईतर्फी सञ्चालनमा आएका हुन् ।
सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो । सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चल्न थालेका छन् ।














