Logo
Logo

कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीले दिए सामूहिक राजीनामा


126
Shares

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । बुधवार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेल समक्ष राजीनामा बुझाएका हुन् ।

The current image has no alternative text. The file name is: karnali-1.jpg

आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले राजीनामा बुझाएका हुन् । 

आज बिहानका लागि कर्णाली सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन् । अर्थमन्त्री शाह विदेश भ्रमणमा छन् भने उर्जामन्त्री विजय बुढा पनि बैठकमा सहभागी भइनन् ।

मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा नबसेर राजीनामा दिएर फर्किएका हुन् । 

कर्णालीमा एमाले र नेपाली कांग्रेसको गठबन्धनको सरकार छ । एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री छन् । यसअघि नै कर्णालीमा एमाले कांग्रेसबिच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्