Logo
Logo

क्यामेराले नदेख्ने स्थानमा लगेर प्रहरीले मलाई अन्धाधुन्ध कुटपिट गर्यो : माजिद अन्सारी


252
Shares

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्वासीहरूको व्यवस्थापनमा सहयोग गर्न जाँदा नेपाल प्रहरीबाट भएको कुटपिट र बर्बर दमनविरुद्ध कानुनी कारबाही अगाडि बढाउने बताएका छन् ।

The current image has no alternative text. The file name is: majid-ansari.jpg

अस्पतालबाट डिस्चार्ज भएपछि जारी गरेको विज्ञप्तिमा अन्सारीले आफूलाई गैरकानुनी रूपमा बन्दी बनाई चरम शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाएका छन् । उनले बाढी पीडितको सेवामा खटिएका बेला एक ‘गैर–निर्वाचित व्यक्तिको आदेश’ मा प्रहरीले उनलाई र उनका साथीहरूलाई घेरा हालेर कुटपिट गरेको बताएका छन् । क्यामेराले नदेख्ने स्थानमा लगेर १०–१२ जना प्रहरीले अन्धाधुन्ध प्रहार गर्दा आफू गम्भीर घाइते भएको उनले बताएका छन् ।

उपचारका लागि कीर्तिपुर अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका अन्सारीले त्यहाँ पनि गृह मन्त्रालय र प्रहरीको प्रत्यक्ष निगरानीमा आफूमाथि अन्याय भएको दाबी गरे । “मेरो मेडिकल हिस्ट्रीमा ‘प्रहरी कुटपिट’ भन्ने शब्द समेत लेख्न नदिने प्रयास गरियो,” उनले भने, “क्याबिनभित्र सादा पोसाकका प्रहरी आएर जमानीमा हस्ताक्षर नगरे अभद्र व्यवहारको मुद्दा चलाउने धम्की दिइयो ।”

अन्सारीले करिब ३–४ दिनसम्म प्रहरी निगरानीमा राखेर मानसिक दबाब दिइएको र स्वतन्त्र उपचार पाउने अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् ।हाल अस्पतालबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहअनुसार ‘बेड रेस्ट’ मा रहेका अन्सारीले स्वास्थ्य सामान्य भएपछि आफूमाथि भएको ‘नियोजित घेराबन्दी र यातना’ विरुद्ध कानुनी लडाइँ लड्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्