Logo
Logo

एनसेल एपमा ‘सेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार


0
Shares

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमा आकर्षक ‘सेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्छन् ।

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भइसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसेलले यो अफर सञ्चालनमा ल्याएको हो । यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन।

यस अफरमार्फत ग्राहकले पार्टनर्ड सर्भिसेजमा विशेष अफर, छुट कुपन, डाटा प्याक तथा अन्य विभिन्न फाइदा उपहारका रुपमा प्राप्त गर्न सक्छन्।

प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने भएकाले एप प्रयोग अझ रोचक र अन्तरक्रियात्मक बन्ने कम्पनीको भनाइ छ ।

ग्राहकलाई उपलब्ध हुने उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डेटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रोडक्ट तथा यात्रा एवम् साहसिक गतिविधिमा विशेष छुट लगायत छन् ।

‘ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं’, पहिलो पटक ल्याइएको यो गेमिफाइड सुविधाले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारह जित्ने अवसर पनि प्रदान गर्छ’ एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।

एनसेलका अनुसार यस्ता अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्