Logo
Logo

शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध विरोध प्रदर्शन


189
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले विरोध प्रदर्शन गरेका छन् । 

शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थल बाहिरउनीहरुले  ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाएका हुन् । प्रहरीले प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

The current image has no alternative text. The file name is: birodhapardasn.jpg

विश्वविद्यालयको वार्षिक दिवस समारोहमा भाग लिन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् । उनीहरूले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस्