Logo
Logo

नेपाललाई ओडीआई जोगाउनै धौ-धौ, कहिले सुध्रिएला नेपाली क्रिकेट ?


0
Shares

काठमाडौं । नेपालीमा एउटा उखान छ- घरको बाघ, बनको बिरालो । दुर्भाग्य, अहिले यही उखान नेपाली क्रिकेटको परिचय बन्न थालेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का शृङ्खलाहरूको तथ्याङ्कहरूलाई पल्टाएर हेर्ने हो भने यो छर्लङ्ग हुन्छ । घरेलु मैदानमा नेपालसँग खेल्न आउने टोलीहरू त्रिभुवन विश्वविद्यालयको मैदान छिर्नुअघि नै दबाबमा हुन्छ । दर्शकको हुटिङ, नेपाली खेलाडीको आत्मविश्वास र घरेलु वातावरणले नेपाललाई बलियो बनाइदिन्छ । तर त्यही टोली विदेश पुग्नेबित्तिकै किन कमजोर बन्छ रु आखिर एउटै टोली, उही खेलाडी, उही प्रशिक्षक, उही रणनीति हुँदाहुँदै पनि नतिजा किन पूरै उल्टिन्छ ?

तथ्याङ्क आफैँमा बोल्छ । नेपालको पछिल्लो १६ वटा ओडीआई खेलको लेखाजोखा गर्ने हो भने नेपाली क्रिकेट समर्थकहरूको छाती गर्वले होइन, चिन्ता र निराशाले थिचिन्छ । पछिल्ला १६ खेलमध्ये नेपालले जम्मा ६ खेलमा मात्रै जित दर्ता गर्न सफल भएको छ । र, ती सबै ६ वटा जित नेपालले आफ्नै घरेलु मैदान अर्थात् कीर्तिपुरमा हात पारेको हो । अर्कोतर्फ, विदेशी भूमिमा खेलिएका ८ वटा खेल र घरेलु मैदानमै गुमाएका २ खेल गरी नेपाल कूल १० वटा म्याचमा पराजित भएको छ । 

यसपटक नेदरल्याण्ड्समा भएको लिग–२ शृङ्खलाले त्यो कमजोरीलाई झन् नाङ्गै बनाइदियो । चार खेल, चार हार । अङ्क शून्य । प्रदर्शन निराशाजनक । अनि समर्थकका लागि निराशामाथि निराशा ।

जुलाई २१ मा नामिबियाविरुद्ध खेलिएको शृङ्खलाको पहिलो खेलमा नेपाल पूर्ण रूपमा परास्त भयो । नेपालले जितका लागि १५८ रनको अत्यन्तै सामान्य र कमजोर लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले ३७ ओभर ४ बलमा २ विकेटको क्षतिमा सजिलै लक्ष्य भेट्टायो । नेपाल ८ विकेटको फराकिलो अन्तरले हार्न पुग्यो । 

त्यसको दुई दिनपछि, अर्थात् जुलाई २३ मा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग भिड्यो । तर नतिजा र कथा उही दोहोरियो । नेपालले फेरि पनि १५८ रनकै टीठलाग्दो लक्ष्य प्रस्ततु ग¥यो । नेदरल्यान्ड्सले ४४ ओभर एक बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टयो । नेपाल फेरि ६ विकेटले पराजित भयो । 

आशाको सानो किरण पलाएको थियो जुलाई २७ को तेस्रो खेलमा, जहाँ नेपाल नामिबियाविरुद्ध जितको नजिक पुगेको थियो । नामिबियाले दिएको २११ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा २०८ रन मात्र बनाउन सक्यो । नेपलले खेल ३ रनको झिनो अन्तरले गुमाउनु प¥यो । जुलाई २९ मा शृङ्खलाको अन्तिम तथा चौथो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ५७ रनले पराजित भयो । नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै अलआउट हुन पुग्यो ।

यसअघि नेपाली क्रिकेट वृत्तमा एउटा भ्रम व्याप्त थियो– ‘नेपालले पछि ब्याटिङ गर्‍यो भने जित्छ ।’ तर नेदरल्यान्ड्सको यो शृङ्खलाले उक्त भ्रमलाई असत्य साबित गरिदियो । नेपालले यो शृङ्खलामा दुई खेलमा पहिला ब्याटिङ गर्‍यो र दुई खेलमा लक्ष्य पछ्याउने काम गर्‍यो । तर नतीजा शून्य नै रह्यो । पछि ब्याटिङ गरे पनि, पहिले ब्याटिङ गरे पनि पराजय नै नेपालको नियति बन्यो, किनभने खेल घरेलु मैदानमा नभई विदेशी माटोमा थियो ।

नेदरल्यान्ड्सको निराशाजनक पराजय एकातिर छ भने, घरेलु मैदान कीर्तिपुरको कथा बिल्कुलै फरक र लोभलाग्दो छ । नेदरल्यान्ड्स जानुअघि नेपालले विश्वकप लिग–टू अन्तर्गत नै घरेलु मैदानमा दुई वटा त्रिदेशीय शृङ्खला खेलेको थियो । ती आठ खेलमध्ये नेपालले ६ वटामा शानदार जित हात पारेको थियो भने मात्र २ खेलमा हार व्यहोरेको थियो ।

पहिलो शृङ्खला ओमान र संयुक्त अरब इमिरेट्स ९यूएई०सँग थियो । अप्रिल २५ मा भएको आफ्नो पहिलो खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै विजयी सुरुआत गर्‍यो । पहिला ब्याटिङ गर्दै नेपालले बनाएको रनको बचाउ गर्ने क्रममा नेपाली बलरहरूले ओमानलाई ४८ ओभर २ बलमा १६३ रनमै अलआउट गरिदिए । यद्यपि, भोलिपल्टै अर्थात् अप्रिल २६ मा भएको दोस्रो खेलमा नेपाल ओमानसँग डिएलएस मेथोड अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो । २५८ रनको लक्ष्य पछ्याएको नेपाल १५५ रनमै समेटिएको थियो ।

तर नेपालले तुरुन्तै पुनरागमन गर्‍यो । मे १ मा भएको तेस्रो खेलमा नेपालले यूएईलाई डिएलएस मेथोडकै आधारमा ६ रनको झिनो अन्तरले हरायो । २५५ रनको लक्ष्य पछ्याएको यूएईलाई नेपालले २४८ रनमा रोक्न सफल भयो । त्यसपछि मे ५ मा ओमानसँग भएको चौथो खेलमा नेपालले अघिल्लो हारको बदला लिँदै ८१ रनको शानदार जित निकाल्यो । नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान २९ ओभर ५ बलमा १७५ रनमा अलआउट भयो । यसरी ओमान र यूएईविरुद्धको शृङ्खलामा नेपालले ४ मध्ये ३ खेल जित्दै ६ अङ्क जोड्यो । 

 बाँकी भिडियोमा :

प्रतिक्रिया दिनुहोस्