Logo
Logo

२६ सय इन्जीनीयर आन्दोलनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत ३१ जिल्लामा कार्यरत इन्जीनीयरहरु आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणले करार सेवामा राखेका करिब २६ सय सबइन्जीनीयर र इन्जीनीयरहरुको ५० प्रतिशत भत्ता सरकारले काटेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुननिर्माणको काममा असर परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार यो आर्थिक बर्षमा पुननिर्माणका धेरै काम सकेर अर्को बर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भइरहेको थियो । यसरी भूकम्प प्रभावित जिल्लाहरुमा तीव्रताका साथ काम गरिरहेका प्राविधिकहरुले पाउँदैआएको ५० प्रतिशत भत्ता चालु आर्थिक बर्षमा कटौती भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । फिल्डमा खटिनुपर्ने इन्जीनीयरहरु खाईपाई आएको भत्ता कटौतीपछि रुष्ट भएका छन् । सरकारले हालै जारी गरेको मितब्ययी निर्देशिका २०७५ जारी गरेर इन्जीनीयरहरुको भत्ता कटौती भएको हो । भत्ता कटौतीपछि सिन्धुलीमा आइतबारबाटै प्राविधिकहरु संघर्षमा उत्रिसकेका छन् । एकातिर सरकारी खर्चमा मितब्ययिता अपनाउन भनेर गाउँ गाउँमा पुननिर्माणमा खटिएका प्राविधिकहरुको भत्ता कटौती गरिएको छ भने अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीका लागि सतप्रतिशत भत्ता दिने निर्णय गरिएको छ । सरकारले पुननिर्माणको काममा खटिएकाहरुको मनोबल बढाउन भत्ताबृद्धि गर्नुपर्नेमा खाइपाई आएको पनि कटौती गरिएपछि पुननिर्माणको काम अवरुद्ध हुन पुगेको छ । प्राविधिकहरु आन्दोलनमा उत्रिएकोबारेमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका एक उच्च अधिकारीले भने, खै सुनिएको हो । आन्दोलनमा उत्रिएको नै त जानकारीमा छैन ।

प्रतिक्रिया दिनुहोस्