Logo
Logo

लुम्बिनी सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ


0
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेकपाका नवनियुक्त तीन मन्त्रीलाई शपथ खुवाएका हुन् ।

जसमा दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहरण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य पनि उपस्थित थिए ।

साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्य प्रक्रिया अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्