काठमाडौं । रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ । पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार यस क्षेत्रमा केही मान्छेहरू फसेका छन् । उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’














