
काठमाडौं । सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारको विनाशकारी रसुवा बाढीबाट प्रभावित नागरिकहरूको व्यवस्थापनका लागि उक्त व्यवस्था गरेको हो।
राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न चाहनेका लागि कारोबार सीमा लागू नहुने भन्दै सर्कुलर जारी गरेको हो ।
हाल मोबाइल बैंकिङबाट दैनिक तीन लाख तथा इन्टरनेट बैंकिङबाट दैनिक २० लाखसम्म भुक्तानी गर्न मिल्छ ।















