Logo
Logo

त्रिशूली-३ ‘ए’ को सुरुङको मुख भेटियो


378
Shares

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको ६० मेगावाटको त्रिशूली–३ ‘ए’ को सुरुङको मुख भेटिएको छ ।

प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ को सुरुङको मुख भेटिएको जानकारी गराएका हुन् ।उनले भने, ‘त्रिशूली–३ ए जलविद्युत् आयोजना ४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख भेटिएको छ ।’

गत बुधबार बिहान एक्कासी आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा ४२ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजीका नेपाली र विदेशी प्राविधिक टोली परिचालन भएको छ।

प्रतिक्रिया दिनुहोस्