Logo
Logo

बेत्रावतीको एकै घरबाट २४ शव निकालियो


693
Shares

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।

बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । नुवाकोटका एसपी विपिन रेग्मीले आफुहरुको क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेको बताए ।

निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको उनले बताए । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।

१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्