
काठमाडौं । बाढी प्रभावित क्षत्रेमा देखिएको ‘ग्रीन आर्मी’को बहस सदनमा प्रवेश गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरिमोहन भण्डारीले यसबारे छानबिन गर्न माग गरेका हुन् । उनले भने, ‘यो हरियो सेना भनेको के हो ? यसका बारेमा अविलम्ब छानबिन गर्न जरुरी देखेको छु ।’
पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोसाक लगाएर बाढी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।














