Logo
Logo

उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन ढकाल र न्यौपानेलाई रास्वपाको निर्देशन


1.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धारमा अवरोध सिर्जना भएको भए तत्काल फर्किन निर्देशन दिएको छ ।

सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका सांसदद्वय ढकाल र न्यौपानेका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले उनीहरुलाई फर्किन निर्देशन दिएका हुन् ।

सांसद न्यौपाने सुरुङसँग सम्बन्धित इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले उनीहरू फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।

तर उनीहरूकै उपस्थितिका कारण उद्धार कार्यमा अप्ठ्यारो भएको भए पार्टीले तत्काल फिर्ता बोलाउने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्