Logo
Logo

रसुवा बाढी : मृतकको संख्या १ हजार २५९ पुग्यो, पाँच हजार ८३ जना बेपत्ता


315
Shares

काठमाडौं । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन हुनेहरूको संख्या पाँच हजार नाघेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझ ७ बजेसम्म पाँच हजार ८३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको हो । अझै बाढी प्रभावित परिवारले आफन्तको खोजीका लागि निवेदन दिने क्रम जारी रहेको छ ।

हालसम्म सबैभन्दा बढी नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ३४० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ । त्यस्तै, रसुवा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार १३० जना सम्पर्कविहीन रहेको जानकारी आएको प्राधिकरणले जनाएको छ। भोटेकासी बाढीपछि ५८३ जना विदेशी पर्यटक सम्पर्कविहीन छन्।

त्यस्तै, बाढीमा परेर एक हजार २५९ जनाले ज्यान गुमाएका छन् । उनीहरूको शव भोटेकोसी र त्रिशूली नदी किनारका विभिन्न स्थानमा भेटिएको हो ।

सबैभन्दा बढी चितवनमा ३५५ जनाको शव भेटिएको छ । त्यस्तै, रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २१२ जनाको शव भेटिएको छ ।

बाढी प्रभावितको खोज तथा उद्धार कार्य जारी रहेको छ । नेपाली सुरक्षाकर्मीसँगै भारत, चीन, दक्षिण कोरियाको टोली पनि खोजबिनमा जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्