
ओली र बालेनको अनुहारमा कसले पोत्यो कालोमोसो रु सामाजिक सञ्जालमा भाइरल भएको यो तस्बिरको वास्तविकता के हो ? के विरोधीलाई लज्जित पार्न प्रविधिको दुरुपयोग गर्दै झुटा र घृणास्पद सामग्री फैलाउनु नै आजको राजनीति हो ? अनि, स्वयं प्रधानमन्त्रीले कारबाहीको चेतावनी दिँदा पनि नसुध्रिने विवेकहीन कार्यकर्तालाई नियन्त्रण गर्ने जिम्मेवारी कसको हो रु आज हामी यही प्रश्न र सामाजिक सञ्जालमा फैलिएको यो विकृत राजनीतिक प्रवृत्तिबारे चर्चा गर्नेछौँ ।
अहिले सामाजिक सञ्जालमा एमाले र रास्वपाका शीर्ष नेताहरूको अनुहारमा कालोमोसो पोतिएका तस्बिरहरू भाइरल भइरहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको अनुहारमा कालोमोसो दलिएको र गलामा जुत्ताको माला लगाइएको दृश्य सञ्जालभरि छाएको छ । एमाले र रास्वपाका कार्यकर्ताहरूबीच अहिले कसले कसको नेताको बढी बेइज्जत गर्ने भन्ने होडबाजी नै चलेको देखिन्छ ।
तर प्रश्न उठ्छ- एकाएक ओली, बालेन र सुधनको अनुहारमा कालोमोसो पोतिएका तस्बिर कहाँबाट आए ? के हो त यसको वास्तविकता रु सामाजिक सञ्जालमा देखिएका ती दृश्यहरूमा कुनै सत्यता छैन । ती तस्बिरहरू पूर्ण रूपमा एआई र प्रविधिको दुरुपयोग गरी बनाइएका फर्जी तस्बिर हुन् । वास्तविकतामा ती नेताहरूमाथि त्यस्तो कुनै अप्रिय घटना भएको छैन । केही दिनपहिले बाढी प्रभावित क्षेत्र रसुवा, धादिङ र नुवाकोट पुगेका ओलीले सरकारले बाढीपीडितको उद्धार तथा राहतका लागि प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गरेका थिए ।
त्यसपछि रास्वपा समर्थक तथा कार्यकर्ताहरू एमाले अध्यक्ष ओलीमाथि खनिन थाले । उनीहरू ओलीविरुद्ध गालीगलौज र साइबर बुलिङमा उत्रिए । बाढी प्रभावित क्षेत्रमा ओलीले राम्रो स्वागत पाएको भन्दै रास्वपाका नाममा खोलिएका पेज र ग्रुपहरूमा एआईबाट बनाइएका फर्जी फोटोहरू छ्यापछ्याप्ती फैलाइयो । ओलीको तस्बिरमा एआईको प्रयोग गरी कालोमोसो र जुत्ताको माला लगाइदिएर सामाजिक सञ्जालमा हालियो । त्यसपछि एमाले कार्यकर्ता पनि के कम ! आफ्नो अध्यक्षमाथि साइबर बुलिङ भएपछि उनीहरू पनि प्रतिशोधमा उत्रिए । प्रधानमन्त्री बालेनले केही समयअघि सामाजिक सञ्जालमा ‘देश बनाउने युवा’ भन्दै हालेको तस्बिरमा उनीहरूले पनि एआईबाटै कालोमोसो र जुत्ताको माला लगाइदिएर भाइरल बनाए ।
यसले एमाले र रास्वपाका कार्यकर्ताहरू कुन हदसम्म अराजक र विवेकहीन बन्न सक्छन् भन्ने कुरा प्रस्ट पारेको छ । यति मात्र होइन, अर्को पक्षलाई नीचा देखाउन र आफ्नो नेताको अन्धभक्त बन्नका लागि साइबर गुण्डागर्दीमा उत्रिनु नै अहिलेका कार्यकर्ताहरूको मुख्य परिचय बनेको छ ।
रास्वपाका कार्यकर्ताहरूको हर्कत यतिसम्म गिरिसकेको छ कि, उनीहरू बाढी प्रभावित परिवारका सदस्य र सर्वस्व गुमाएका पीडितहरूलाई समेत सामाजिक सञ्जालमा गालीगलौज गर्न पछि हटेनन् । बाढीपीडितमाथि सामाजिक सञ्जालमा निरन्तर प्रहार भएपछि प्रधानमन्त्री बालेनले आफ्नै कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनसमेत बाध्य भए ।
बाँकी भिडियो















