Logo
Logo

जनता ग्यासको लाइनमा, निगमका हाकिम खसीको मासुको हिसाबमा !


0
Shares

ग्यासको अभावले घरको चुल्हो मात्र निभाएको छैन, नागरिकको दैनिकी नै अस्तव्यस्त बनाएको छ । एउटा सिलिन्डर भर्नका लागि घण्टौँको लाइन र दिनौँको प्रतीक्षा छ । कसैले कार्यालय त कसैले दैनिक काम छाडेर लाइनमा बस्नुपरेको छ । अझ कक्षा ५ मा पढ्ने बालक समेत किताब-कापी छाडेर चार दिनदेखि ग्यासकै लाइनमा बस्न बाध्य छन् । तर, सरकार भन्छ- अभाव छैन । नागरिक भन्छन्-ग्यास पाइँदैन । आखिर सत्य के हो ? समस्या आपूर्ति व्यवस्थापनमा छ कि वितरण प्रणालीमा रु यदि बजारमा ग्यास पर्याप्त छ भने नागरिकले चार-चार दिनसम्म किन सास्ती खेपेर लाइन बस्नुपरिरहेको छ ? आज हामी ग्यासको यही अभाव, नागरिकले भोगिरहेको सास्ती र सरकारको आपूर्ति व्यवस्थापनमाथि उठेका प्रश्नबारे चर्चा गर्नेछौँ ।

एकातिर कक्षाकोठाको कालोपाटी छ, अर्कोतिर सडकको लाम । एकातिर किताब-कापी छन्, अर्कोतिर ग्यासका सिलिण्डर । सडक पेटीमा सयौँ राता सिलिण्डरलाई फलामे सिक्री र ताल्चाले बाँधेर राखिएको छ–ठ्याक्कै कैदीहरूलाई जस्तै । अनि तिनै ‘कैदी’हरूको बीचमा, आफ्ना कलिला हातमा आश बोकेर बसेका छन्-मनिष बस्नेत ।

कक्षा ५ मा पढ्ने मनिष गत शनिबारदेखि खाली सिलिण्डर कुरेर बसेका छन् । सामान्य दिन हुन्थ्यो भने यतिबेला उनी विद्यालयको पोसाकमा हुन्थे । साथीहरूसँग बेन्चमा बसेर गणितका हिसाब गरिरहेका हुन्थे, नेपालीका कविता पढिरहेका हुन्थे र भविष्यका सपना देखिरहेका हुन्थे । तर आज उनी विद्यालयमा छैनन् । हातमा किताब होइन, घरको खाली ग्यास सिलिण्डरको चिन्ता छ ।

उनी एउटा ग्यास सिलिण्डरको प्रतीक्षामा छन् । किनकि घरको चुलो निभेको छ । त्यही चुलो बाल्ने ग्यासको आशमा उनको दैनिकी अहिले कक्षाकोठाको कालोपाटी अगाडि होइन, सडकको कहिल्यै नसकिने लाइनमा बितिरहेको छ ।

यी कलिला बालबालिकाले अहिले सपना देख्ने र नयाँ कुरा सिक्ने बेला हो । तर अभावले मनिषलाई सानै उमेरमा संसारको तितो यथार्थ सिकाइदिएको छ । एकछिन आँखा झिमिक्क ग¥यो कि पछाडिको मान्छेले आफ्नो सिलिण्डर अगाडि सारिहाल्छ । त्यसैले उनी सिलिण्डर छाड्न सक्दैनन् ।

कक्षा ५ मा पढ्ने एउटा बालकले अहिले होमवर्कभन्दा ठूलो चिन्ता आफ्नो ग्यासको सिलिण्डर जोगाउनु परेको छ । कापीमा जोड–घटाउ सिक्ने उमेरमा उसले लाइनमा आफ्नो पालो कसरी जोगाउने भन्ने सिकिरहेको छ । शनिबारदेखि सुरु भएको पर्खाइ चार दिन भइसक्दा पनि उनको हातमा ग्यास आएको छैन ।

आमाबुबा काममा जानैपर्ने । काममा नगए साँझको चुलो कसरी बल्छ रु तर मनिष लाइनमा नबसे ग्यास पाउने पालो कसरी आउँछ रु यही दोधारमा परिवारले निर्णय ग¥यो-आज मनिष स्कुल नजाने, ग्यासको लाइनमा बस्ने । सायद उनले पनि सोचेका थिए-‘आज ग्यास आउला, भोलि फेरि स्कुल जाउँला ।’ तर त्यो ‘एक दिन’ चार दिन भइसक्यो । ग्यास अझै हातमा आएको छैन । 

 बाँकी भिडियोमा :

प्रतिक्रिया दिनुहोस्