Logo
Logo

उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा


378
Shares

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहिबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन् ।

काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

पछिल्लो समय उपभोक्ताले ग्यास अभाव झेलिरहँदा समस्या समाधानतर्फ लाग्नुको सट्टा ग्यास उद्योगीलाई नै पाता कस्नुपर्ने भन्दै कर्मचारीमाथि दोष थोपरेकी थिइन् । उनले भनेकी थिइन्, ‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’

त्यसपछि उनको चौतर्फी आलोचना भएको थियो । उद्योगमन्त्रीको अभिव्यक्तिलाई लिएर ग्यास यद्योगीहरुले प्रधानमन्त्री बालेनसँग असन्तुष्टि व्यक्त गरेका थिए । बालेनको निदेर्शनमा उनले राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्