Logo
Logo

भोटेकोशी बाढीपछि सरकारको राहत-उद्धार कार्यबारे विपक्षी दलहरूले गरे समिक्षा


0
Shares

काठमाडौं । प्रतिनिधि सभाका विपक्षी दलहरूको बैठकले रसुवाको भोटेकोशी बाढीपछिको खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन् । नेपाली काँग्रेसको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद् प्रतिकार्यमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले बताएकी हुन् । 

The current image has no alternative text. The file name is: basana-thapa.jpg

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा यसअघि बसेको सर्वदलीय बैठकका निर्णयहरूको कार्यान्वयनको विषयमा पनि छलफल भएको बताइन् । उनले विपद्को सामना गर्न विशेष संसदीय समिति गठनको प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको  बताइन् । उनका अनुसार बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा जाने विषयमा समेत छलफल भएको छ । उनले रसुवाको भोटेकोशीमा आएको बाढीपछि राहत वितरणमा सुरुवाती चरणमा केही कमजोरी भएको पनि बताइन् ।

उनले भनिनन्, ‘यसअघि सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा प्रतिबद्धता जनाएका ९ वटा बुँदाहरूको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने कुरामा पनि छलफल भयो । के के हुन बाँकी छ र अगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भयो । हिजो सत्तारुढ दलका सभापतिज्यूले भनेजस्तै विशेष संसदीय समिति गठनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने कुरामा पनि छलफल भयो । समग्रमा रसुवाको भोटेकोशीमा आएको बाढीको सामना कसरी गर्ने भन्ने विषयमा नै छलफल भयो । सरकारले खोज, राहत, उद्धारको काम त गरिरहेकै छ । तरपनि सरकारले अन्य सबैसँग समेत समन्वय र सहकार्य गरेर अझ प्रभावकारी काम गर्न सक्थ्यो । राहत वितरणको विषयमा सुरुवाती दिनमा केही कमजोरी भयो । वास्तविक पीडितले राहत पाउन सकेको अवस्था थिएन । सरकारले गर्ने सकारात्मक काममा हामी सरकारसँगै छौँ ।’ उनले सरकारले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउँदै पुनस्र्थापनामा केन्द्रित हुनुपर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस्