Logo
Logo

महिलाले सडकमै बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो


252
Shares

काठमाडौं । राजविराजमा महिलाले सडकमै बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् ।

उनका अनुसार सुत्केरी व्यथा लागेपछि बुधबार राति महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।

यो विषयमा सांसद कर्णले सरकारसँग जवाफ समेत मागेका छन् । बबिताले बिहीबार बिहान करिब ४ बजे फुटपाथमै बच्चा जन्माएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्