Logo
Logo

एमाले कार्यदलको बैठक- बादल र पोखरेलको प्रतिवेदन एउटै बनाउने निर्णय


252
Shares

काठमाडौं । नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले महासचिव शंकर पोखरेल र कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदन एउटै बनाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको कार्यादलको बैठकले पोखरेल र ‘बादल’ले तयार पारेको प्रतिवेदन मिलाएर एउटै बनाउने निर्णय गरेको हो । बैठकमा ‘बादल’ले दुई वटा प्रतिवेदन प्रस्तुत गरेका थिए । बादलले तयार गरेको र पोखरेलले तयार गरेको प्रतिवेदन प्रस्तुत भएको थियो ।

संयोजक बादलले ‘मेरो तर्फबाट’ र ‘महासचिवको तर्फबाट’ भनेर दुई वटा प्रतिवेदन पेश गरेका थिए । त्यसलाई लिएर कार्यदलको बैठकमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।

छलफलपछि कार्यदलको बैठकले दुवै प्रतिवेदनलाई समेटेर एउटै बनाउने निर्णय भएको आचार्यले जानकारी दिए । ‘बैठकले आज प्रस्तुत भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ,’ आचार्यले भने ।

उनका अनुसार दुवैलाई समेटेर बनाएको प्रतिवेदन एमाले सचिवालयमा पेश गरिने छ । दुवै प्रवितेदनमा भएका सबै विषय समेट्ने तय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्