Logo
Logo

प्रधानमन्त्रीले राष्ट्रसंघ महासभामा जेनजी आन्दोलनदेखि रसुवा बाढीसम्मका कुरा उठाउने


0
Shares

काठमाडौं । नेपालले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा जलवायु संकटबाट नेपालमा परेको असरको विषय उठाउने भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका हुन् ।

नेपालका तर्फबाट प्रधानमन्त्री वालेन शाह महासभामा सहभागी हुन जाँदैछन् । उनले २४ सेप्टेम्बरमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । गत वर्ष भएको ‘जेन्जी आन्दोलन’, त्यसपछिको सफल निर्वाचन र वर्तमान सरकारका प्राथमिकताहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न यो भ्रमण महत्त्वपूर्ण अवसर हुने सचिव राइले उल्लेख गरे ।

महासभामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पु¥याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भएको उल्लेख गरिने पनि उनले बताए ।

त्यस्तै फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने ‘जलवायु न्याय’ को माग समेत गरिनेछ । यसैगरी जलवायु उत्थानशील पूर्वाधार, स्मार्ट कृषि र सरोकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलीयतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपिल गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्