Logo
Logo

भजनलाई फेसन भन्न मिल्दैन


रोसा फुयाँल, गायिका

0
Shares

The current image has no alternative text. The file name is: Jamkavet.docx-1.jpg

गायिका रोसा फुयाँल भजनका कारण यतिखेर चर्चामा छिन् । उनले गाएका भजनहरुले सामाजिक सञ्जालमा सबैको मन तानेको छ । उनले भजन, गजल र शास्त्रीय सङ्गीत गाउँदै आइरहेकी छन् । धैरै जिल्लाहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेकी उनी सङ्गीतको विद्यार्थीसमेत हुन् । उमेरले भर्खरै १९ वर्ष लागेकी गायिका रोसाले चलचित्र, आधुनिक, लोकगीत र भजन गरेर ४० भन्दा बढी गीत गाइसकेकि छन् । उनै गायिका रोसासँग रेजिना पाण्डेले गरेको कुराकानी ः

भजनप्रति यति मोह किन ?

मानिसहरुको यति धेरै व्यस्तता, भागदौड र कोलाहलको जीवन छ कि यस्तो स्थितिमा भजन जस्तो शान्त पार्ने अरु कुनै साधना र माध्यम नै छैन । आजको समयमा भजनले जति शान्ति कसैले दिदैन । भजन नै आज हरेकको लागि मस्तिष्कको थेरापीजस्तो भएको छ । भजन गाउनु, सुन्नु मनको शान्ति लागि हो ।

सानै उमेरमा भक्ति सङ्गीतप्रति कसरी आकर्षित हुनुभयो ?

भक्ति गर्न उमेरले छेक्दैन । मलाई सानैदेखि नै सङ्गीतप्रति लगाव थियो । बाल्यकालमा धैरै ठाउँमा आफन्तहरुको घरमा भएको पुजापाठमा गाईने भजन सुने पछि मलाई पनि गाउने रहर लाग्थ्यो र म पनि गाउँथे । यसरी म भजनप्रति आकर्षित भएँ ।

आजभोली भजन गाउनु फेसनजस्तो भएको छ भन्ने टीकाटिप्पणी पनि हुने गरेको छ नि ?

फेसन भन्दा पनि आजको समयमा यसको माग भएको हो भन्ने मलाई लाग्छ । भजन र सङ्गीतले मानिसमा सकारात्मक उर्जा दिन्छ ।

यहाँको विचारमा मानिसहरु किन अशान्त छन् ?

हाम्रो समाज नै असन्तुष्ट देखिन्छ, उनीहरुमा सन्तुष्टि देखिँदैन । जताततै डर त्रास छ । विगत केही समययताका परिस्थितिले पनि होला कसैको मनमा शान्ति छैन । मनमा शान्तिको ठाउँमा भयले ठाउँ लिइरहेको छ । सामाजिक सञ्जालमा तनावका समाचार मात्र छन । यसले गर्दा पनि अशान्ति मच्चिएको हो कि ।

भजन गाउँदाका केही अनुभूति ?

साउन महिनाभरि पशुपतिको मोक्षालयमा भजन गाउने अवसर मिल्यो । मलाई पशुपतिको मोक्षालयमा भएको भजनबाट पनि धरैले चिने ।

मन्दिरमा आरती गर्न, भजन सुनाउन पनि खर्च लाग्छ । त्यसको व्यवस्थापन कसरी हुन्छ ?

भगवानले भन्छन रे, तँ आँट म पु¥याउँछु । दिने भक्त, दाताको पनि कमी हँुदैन । कसैले एक मुठ्ठी दिएको छ भने कसैले पाथी नै भरिन्छ । सानो–सानो सहयोगले पनि पुगेको हुन्छ ।

सबै बिधामा गाउनुहुन्छ सबैभन्दा गाउन मन लाग्ने बिधाचाहिँ कुन हो ?

हो, चलचित्र, आधुनिक, भजन गरेर तीन दर्जनभन्दा बढी गाइसकेको छु । मैले जस्तो प्रकारको गीत पनि गाउन चाहन्छु । यो, त्यो भन्ने छैन, अहिलेचाहिँ विशेषगरी भजनमा नै व्यस्त छु ।

‘सारेगमप लिटिल च्याम्प’ मा सहभागी हुँदाको अनुभव ?

म सारेगमप लिटिल च्याम्प सिजन १ मा गएको थिएँ । जहाँबाट मैलै सङ्गीतको धेरै कुराहरु सिक्ने अवसर पाएँ । राम्रो र मिठो अनुभव थियो । उक्त कार्यक्रममा पहिलो रनअरअप भएको थिएँ । जसले मलाई काम गर्ने थप जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्