Logo
Logo

एमाले पुनर्गठन प्रतिवेदनमा जुटेन सहमति


252
Shares

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनले अन्तिम रूप पाउन सकेको छैन। काभ्रेको बल्थलीमा सम्पन्न दुईदिने आवासीय बैठकमा पेस भएका प्रतिवेदनहरूमा विवाद कायम रहेपछि सहमति जुट्न असफल भएको हो।

कार्यदलका सदस्यसचिव शंकर पोखरेलद्वारा तयार पारिएको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने आशयको विषय समेटिएको थियो। उक्त प्रस्तावमा अध्यक्ष ओली असन्तुष्ट बनेपछि कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’लाई अर्को प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो। बैठकमा पोखरेल र बादल दुवैका प्रतिवेदनमाथि विस्तृत छलफल भए पनि एउटै निष्कर्षमा पुग्न सकिएन।

विवाद लम्बिएपछि बैठकले दुवै प्रतिवेदनका सकारात्मक पक्षहरू समेटेर साझा दस्तावेज तयार पार्ने जिम्मेवारी तीन नेतालाई सुम्पिएको छ। संयोजक रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल र सदस्यसचिव शंकर पोखरेललाई यसका लागि दुई दिनको समय दिइएको छ।

उक्त समयावधिभित्र प्रतिवेदनलाई पूर्णता दिएपछि कार्यदलको अर्को बैठक बस्नेछ। सोही बैठकले प्रतिवेदनलाई पारित गरेर पार्टीको केन्द्रीय सचिवालयमा पेस गर्ने एमाले सचिव लेखराज भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्