Logo
Logo

ओलीलाई भेटेपछि बादलले भने–तत्काल राजिनामा दिन्न


- दृष्टि न्युज/संवाददाता

4.5k
Shares

काठमाडौं, ८ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग १ घन्टा वार्ता गरेपनि गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजिनामा नदिने निर्णय लिएका छन् । उनले बुधबार दिउँसो बालुवाटार गएर ओलीसँग छलफल गरेका थिए ।


बालुवाटारबाट निस्किएपछि बादलले तत्काल राजिनामा नदिने मनिस्थिती बनाएको उनका एक सहयोगीले बताए । स्रोतका अनुसार बादल अझै ओली पक्षमै लाग्ने मुडमा छन् । तर, आफु निकट नेताहरुलाई ओलीले संविधान मिचेर संसद बिघटन गरेकाले उनलाई साथ दिन नहुने भएकाले राजिनााम दिन सुझाएका थिए । उनका धेरै नेताहरु प्रचण्ड माधव नेपाल पक्षमा लागिसकेका छन् ।

प्रचण्डले दुई पटक भेटेर आफ्नो समूहमा आउन आग्रह गर्दा पनि उनले यसअघि निर्णय दिएका थिएनन् ।

ओलीले बादललाई पार्टीमा दोस्रो बरियता दिने आश्वासन दिएको स्रोत बताउँछ । सोही कारण उनले आफु निकट नेताहरुलाई बोलाएर फेरि छलफल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्