
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
केहि बेरपहिले सुरू भएकाे बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सम्बन्धमा छलफल तथा निर्णय गर्ने बताइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । भदौ ११ गते बसेको सर्वदलीय बैठकमा बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनको विषयमा १० बुँदे सङ्कल्प गरेको थियो । भदौ १५ गते बसेको दोस्रो तहका सर्वदलीय बैठकले १० बुँदे सङ्कल्पलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।















