Logo
Logo

असोजका लागि चार वाणिज्य बैंकले ब्याजदर घटाए, १६ बैंकको स्थिर


378
Shares

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । २० वाणिज्य बैंकमध्ये असोज १ गतेदेखि लागू हुने गरी चार बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोज महिनाका लागि ०.०४ प्रतिशत बिन्दुले घटेर ४.०९ प्रतिशतमा झरेको छ । भदौ महिनामा यस्तो औसत ब्याजदर ४.१३ प्रतिशत थियो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि ०.०१ प्रतिशत बिन्दुले घटेर ३.०७ प्रतिशतमा कायम भएको छ । भदौ महिनामा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत थियो ।

असोज महिनाका लागि चार बैंकले ब्याजदर घटाएका छन् भने १६ वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकमा एभरेस्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंक रहेका छन् ।

यस्तै, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, हिमालयन बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एसिया बैंकले असोजका लागि ब्याजदर यथावत् राखेका छन् ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको कति ब्याजदर ?

बैंकभदौको ब्याजदर %असोजको ब्याजदर %
कृषि विकास४.१५४.१५
सिटिजन्स३.८५३.८५
एभरेस्ट४.०५३.५०
ग्लोबल आईएमई४.००४.००
हिमालयन४.००४.००
इन्भेस्टमेन्ट मेगा४.५०४.५०
कुमारी३.७६३.७३
लक्ष्मी सनराइज४.००४.००
माछापुच्छ्रे४.५०४.५०
नबिल४.५५४.२५
नेपाल४.१५४.१५
नेपाल एसबीआई४.१०४.१०
एनआईसी एसिया४.००४.००
एनएमबी४.५०४.५०
प्राइम कमर्सियल४.००४.००
प्रभु४.५५४.५५
राष्ट्रिय वाणिज्य४.००४.००
सानिमा४.५०४.५०
सिद्धार्थ३.७६३.७६
स्ट्यान्डर्ड चार्टर्ड३.८०३.७५

प्रतिक्रिया दिनुहोस्